काठे पुलबाट खसेर १५ वर्षीय किशोरको मृत्यु
सिमकोट । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज काठे पुलबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकाया रहेको अदानचुली–४ का वडा सदस्य देवखर जैसीले जानकारी दिए ।
आज भैंसी चराउन गएका रोकाया भैँसी चराएर मध्याह्न १२ बजे घर फर्किने बेलामा सिस्ने खोला भन्ने ठाउँमा रहेकोे काठेपुलबाट खसेपछि खोलाले बगाएको घटनास्थलमा पुगेका वडा सदस्य जैसीले जानकारी दिए । घटनाको खबर पाउनेबित्तिकै केही जनप्रतिनिधि र श्रीनगर प्रहरी चौकीको टोली पनि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । उनका अनुसार, खोलामा खसेका बालक रोकायाको खोजीका लागि ताँजकोटको कवाडी प्रहरी चौकीबाटसमेत सुरक्षाकर्मी झिकाइएको थियो ।
सुरक्षाकर्मी, जनप्रतिनिधिसहित स्थानीय नागरिकको पहलमा खोजी गरेर केही समय अघिमात्रै शव भेटेको घटनास्थलमा भएका वडा सदस्य जैसीले बताए । किशोर रोकायाको शव पानीबाट निकाले पनि उनको मुचुल्का हुन बाँकी रहेको हो । गएको सोमबार राति अत्यधिक वर्षा भएको थियो । सिस्ने खोलामा पनि हिउँदे मौसममा सानो पानी रहने हुनाले सोही ठाउँमा काठ राखेर खुलारुपमा आवतजावत गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण