आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा ९ महिनाका बालकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ०९ साउन २०७७, ०० : ०३
शुक्रबार, ०९ साउन २०७७

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरकाअनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला समेत रहेकी छिन ।

वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका ५ जना थुनुवा पनि संक्रमित भएको निरीक्षक ठाकुरले जानकारी दिए । उनका अनुसार २६ जना पर्सा, १ जना बारा  र ५ जना भारतीयहरू रहेको ठाकुरले जानकारी दिए ।

मंगलबार र बुधबार स्वाब संकलन गरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले रातोपाटीलाई जानकारी दिए । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप