वीरगञ्जमा ९ महिनाका बालकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि
पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरकाअनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला समेत रहेकी छिन ।
वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका ५ जना थुनुवा पनि संक्रमित भएको निरीक्षक ठाकुरले जानकारी दिए । उनका अनुसार २६ जना पर्सा, १ जना बारा र ५ जना भारतीयहरू रहेको ठाकुरले जानकारी दिए ।
मंगलबार र बुधबार स्वाब संकलन गरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले रातोपाटीलाई जानकारी दिए । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण