बाथटबमा नग्न तस्बिर राखेर ट्रोल भएकी गर्भवती सेलिनाले फर्काइन् मुख भरिको जवाफ
बलिउडकी बोल्ड नायिका भनिने सेलिना जेटली एकपटक पुनः जुम्ल्याहा बच्चाकी आमा बन्न लागेकी छिन् । आजकाल बेबीमून पिरियडमा रमाइरहेकी सेलिनाले केही समय अघि बेबी बम्पसहित बाथटबमा नुहाइरहेको एक तस्बिर पोष्ट गरेकी थिइन् । उक्त तस्बिरको विषयमा उनी सोसल मिडियामा निकै ट्रोल भइन् । अब सेलिनाले उनीमाथि गरिएको भद्दा कमेन्टमाथि मुख भरिको जवाफ फर्काएकी छिन् ।
सेलिनाले बाथटबमा बसेर खिचेको तस्बिरमार्फत उनले गर्भावस्थामा महिला आफ्नो शरिरका कारण लज्जित हुनुपर्ने सोचलाई गलत बताउँदै यसको भरपुर आनन्द लिनुपर्ने सन्देश दिइन् । एकातर्फ सेलिनाले उक्त तस्बिरमा थुप्रै तारिफ पाइन् भने थुप्रै उक्त तस्बिरको विरोधमा उत्रिए । उनीहरुले संस्कारको हवाला दिँदै सेलिनामाथि ‘स्लट शेमिङ’ जस्ता भद्दा कमेन्छ गरे । सेलिनाको तस्बिरलाई अश्लिल भनियो र उनलाई बलात्कार गर्ने धम्कीसमेत दिइयो ।
सेलिनाले यस्तो कमेन्ट आएपछि फेसबुकमा एक शक्तिशाली मेसेज पोष्ट गरिन् ।
सेलिनाले बाथटबको तस्बिर पोष्ट गरेपछि उनको कमेन्ट बक्स एक प्रकारको युद्ध मैदानजस्तो भएको बताइन् । सेलिनाले फेसबुक पोष्टमा भनिन्, ‘मेरो विश्वास गर्नुहोस्, ट्रोलरद्वारा गरिएको कमेन्ट पढेर मलाई निक्कै हाँसो उठ्यो । यस्तो प्रकारको मानसिकताले व्यक्तिगत रुपमा कुनै असर गर्दैन । यद्यपी, आजको समयमा पनि एक गर्भवती महिलालाई सोसल प्लेटफर्ममा यौन हिंसा र भर्बल एब्यूज गरियो त्यसले भने मलाई निकै विक्षिप्त बनायो । ’
सेलिनाले लेखिन्, ‘मैले जुन बाथटबमा तस्बिर खिचेकी छु त्यसमा बेबी बम्प, घुँडा र पाखुराबाहेक के देखिएको थियो ? योभन्दा धेरै त मेरा फिल्ममा र मेरा थुप्रै साथी नायिकाले लगाउने पहिरनमा देखिन्छ ।’
सेलिनाले आफ्ना फलोआर्स र प्रशंसकलाई उनको समर्थन गरेकोमा धन्यवाद दिँदै भनिन्, ‘एक ब्यूटी पेजेन्ट र सोसल एक्टिभिष्टको नाताले मेरो जिम्मेवारी यो हो कि म महिलाप्रति यस्तो प्रकारको हिंसात्मक सोच राख्ने बित्तिकै आवाज उठाऔं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण