वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् । संक्रमित हुनेमा २३ वर्षका पुरूषदेखि ५६ वर्षका पुरूष रहेका छन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी , कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेका छन् ।
कोरोना संक्रमित पुष्टि हुनेमा १ जना उमी नगरपालिका इलाम जिल्लाका रहेका छन् भने १ जना जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवामा रहेका छन् । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २ जना वडा नम्बर ४ का २ जना वडा नम्बर ७ का २ जना वडा नम्बर १३ का २ जना वडा नम्बर २३ का १ जना रहेका छन् ।
बारा जिल्ला कलैया वडा नम्बर ५ का ४१ वर्षका एक पुरूष र कारखानामा कार्यरत तीन कर्मचारी रहेको डाक्टर सिंहले जानकारी दिए ।
साउन ७ गते देखि ११ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए ।
संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ४२ जनालाई घरमै राखिएको छ । सोमबार राति १५ जना संक्रमण पुष्टि भएसंगै पर्सा जिल्लामा २ सय ७२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण