रुकुम पश्चिममा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु
रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो । झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आज बिहान करीब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पु¥याएको छ ।
घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए । पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्माका इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण