तिला नदीमा र्याफ्टिङ शुरु
जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्याफ्टिङ सञ्चालनमा ल्याएको हो ।
साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ । ट्राभल्सका सञ्चालक ललितजङ्ग महतका अनुसार साउन महिनामा र्याफ्टिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिकरूपमा निकै उत्तम भएको र पानीको गति राम्रो मानिएको छ । “शुरुमा चार–पाँच पटक परीक्षण सञ्चालन गरियो । त्यसपछि व्यावसायिकरूपमा अगाडि बढाइएको छ”, सञ्चालक महतले भने । यस व्यवसायलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको उनको भनाइ छ ।
साहसिक यात्रा गर्ने पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्थासमेत गरिएको सञ्चालक महतले बताए । र्याफ्टिङबाट तातोपानी धारामा नुहाउनदेखि मार्सी चामलको भात र तिलामा पाउने असला माछासमेत खान पाइने गो कर्णाली ट्राभल्स एण्ड टूरले जनाएको छ । सोह्र किलोमिटर यात्राका लागि र्याफ्टिङ गर्न प्रतिव्यक्ति रु दुई हजार शुल्क निर्धारण गरिएको छ । अहिले शुरुआती चरणमा सो व्यवस्थाका लागि रु २४ लाख बजेट खर्च भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण