कटनियाँ नदीमा आएको बाढीले कल्र्भट बगायो, सडक अवरुद्ध
सिरहा । अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्र्भट भत्किँदा सडक अवरुद्ध भएको छ । कटनियाँ नदीमा आएको बाढीका कारण कल्र्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाइल बजारदेखि बरियारपट्टी बजारसम्म जोड्ने करिब १८ किलोमिटरको सो सडक अवरुद्ध भएपछि सवारी साधनको आवतजावतमा ठूलो समस्या भएको स्थानीयवासीको गुनासो छ ।
“कल्र्भट भत्किएर तीन दिनदेखि सवारी आवागमन अवरुद्ध भएको छ”, बरियारपट्टी गाउँपालिका–३ का सन्दीप महतोले भने, “कल्र्भट भत्किएर कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले आवतजावत बन्द भएको छ ।” केही दिनदेखिको अविरल वर्षाका कारण कल्र्भट भत्किएर सडक अवरुद्ध हुँदासमेत मर्मतसम्भार गर्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।
दैनिक करिब सयौँ सङ्ख्यामा सवारी साधनको ओहोरदोहोर भइरहने सडकमा कल्र्भट भत्किएपछि यात्रुलाई ठूलो समस्या भएको सशस्त्र प्रहरी बल बेस क्याम्प बरियापट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिल्मिसिनाले बताए । उनले भत्किएको ठाउँमा स्काभेटरबाट बाटो सञ्चालनको तयारी भइरहेको बताए । यता बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताले भत्किएको कल्र्भट मर्मतका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण