शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी समायोजनको मोडालिटी स्वीकृत, महानगरीय प्रहरी केन्द्र मातहत

बुधबार, १४ साउन २०७७, २२ : १०
बुधबार, १४ साउन २०७७

काठमाडौँ । गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी नै रहने निर्णय भएको गृहमन्त्री ‘बादल’का सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ । प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले डीआईजीको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालय बागमती प्रदेश मातहत हुनुपर्ने कुरा उठाउँदै आएका थिए ।

तर, बैठकले महागरीय प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालयकै मातहत राख्ने निर्णय गरेको छ । महानगरीय प्रहरी कार्यालयलाई काठमाडौँ, भक्तपुर र ललितलपुरको शान्तिसुरक्षाको जिम्मा दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप