सबस्टेशनमा केबुल जलेपछि २ जिल्लामा विद्युत् अवरुद्ध
सल्यान । शीतलपाटीमा रहेको ३३ केभी सबस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुम–पश्चिममा विद्युत् सेवा बन्द भएको छ ।
जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट प्राविधिक आएर मर्मत कार्य शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिए । आगलागीबाट कति क्षति भएको छ, भन्ने अहिलेसम्म थाहा नभएको पोखरेलले बताए । “अहिले मर्मतको काम शुरु भएको छ आगलागीले केबुल मात्र जलेको भए आजबाट नै विद्युत् सुुचारु हुन्छ, ट्रान्समिटरमा क्षति भएको भए विद्युत् सुचारु हुन केही दिन लाग्नसक्छ”, पोखरेलले भने ।
लगातारको वर्षाले मर्मत कार्यसमेत प्रभावित भइरहेको उहाँको भनाइ छ । मङ्गलबार राति सबस्टेशनमा रहेको ट्रान्समिटरमा जोडिएको केबुलमा आगलागी भएको थियो । आगलागीबाट केबुल पूर्णरुपमा जलेको प्राधिकरणको भनाइ छ । जिल्लामा वर्षात् शुरु हुने वित्तिकै विद्युत् अनियमित हुँदै आएको छ । शीतलपाटीमा सबस्टेशन सञ्चालनमा आएपछि समस्या समाधान हुने भनिए पनि अनियमितताको समस्या जस्ताको तस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण