ट्रम्पद्वारा टिकटक प्रतिबन्ध गर्ने घोषणा
चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ‘जहाँसम्म टिकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौँ,’ एयरफोर्स वानमा पत्रकारहरुसँग कुराकारी गर्दै भने ।
यसका लागि उनले आपत्तकालिन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्ने जिकिर गरे । उनले त्यस्तो आदेश कस्तो हुनेछ भनेर चाहिँ खुलाएनन् । ‘मसँग अधिकार छ,’ उनले मात्र यति भने ।
शुक्रबारको शुरुवातमा भने ट्रम्प प्रशासनका अधिकारीहरुले टिकटकको मालिक रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकाको सञ्चालन र व्यवस्थापनको जिम्मा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्न सक्ने अपेक्षा गरेका थिए । न्युयोर्क टाक्म्सका अनुसार माइक्रोसफ्ट टिकटक खरिदका लागि सम्पर्कमा रहेको छ ।

नीति निर्माताहरुले टिकटक राष्ट्रि सुरक्षाका लागि जोखिम हुनसक्ने कुरा उठाउँदै आएका छन् । अमेरिकी सरकारले टिकटकको राष्ट्रिय सुरक्षाबारे मुल्यांकन गरिरहेको छ । यसबारे नीतिगत सुझावहरु राष्ट्रपति ट्रम्पलाई प्रदान गर्ने तयारी गरिरहेको छ ।
आलोचकहरुले टिकटकले संकलन गर्ने डाटा अमेरिकका बाहिर रहेको र त्यहाँबाट चिनियाँ अधिकाहरुले टिकटकको गोप्य जानकारी लिने गरेको आरोप लगाउँछन् ।
तर, साइबर सेक्युरिटी विज्ञहरुले भने टिकटक रास्ट्रिय सुरक्षाका लागि खतरा भएको कुरा सैद्धान्तिक मात्र रहेको र टिकटकको डाटा चिनियाँ गुप्चरले चोरी गरेको कुनै प्रमाण नरहेको बताउँछन् ।
स्रोत : सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण