क्यामरुनमा बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या
एजेन्सी । क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । सो हमलामा परी अरु कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिक गम्भीर रुपमा घाइते भएका बताइएको छ ।
बोको हरामका हतियारधारी वद्रोहीहरुले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यहाँको एक स्थानीय पत्रिकाले सो समाचार दिएको छ । उक्त पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले उक्त क्षेत्रका स्थानीय सर्वसाधारणको हत्या गर्नेगरी सो हमला गरेका थिए ।
बोको हरामले पश्चिमी अफ्रिकामा गएका कैयौँ वर्षहरु देखि ठूलो मात्रामा हमला गर्ने गरेको पाइएको छ । जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अपहरण गर्ने गरेका छन् ।
पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण