पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)
बुधबार, २१ साउन २०७७, १४ : २८

काठमाडौं । लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।
‘पीर नभाको को छ र?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको रहेको छ ।
उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैले गरेका छन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि,बबिन ठकुरी,नन्द बस्याल र यम गुरुङ फिचर्ड छन। यसअघि गायक शर्मा र गायिका न्यौपानेको “झम झम दर्कियो पानी” बोलको गीतले चर्चा कमाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कर्णालीमा बजेट प्रस्तुत हुनुअघिको किचलो साम्य भएको हो ?
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’