पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)
बुधबार, २१ साउन २०७७, १४ : २८
काठमाडौं । लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।
‘पीर नभाको को छ र?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको रहेको छ ।
उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैले गरेका छन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि,बबिन ठकुरी,नन्द बस्याल र यम गुरुङ फिचर्ड छन। यसअघि गायक शर्मा र गायिका न्यौपानेको “झम झम दर्कियो पानी” बोलको गीतले चर्चा कमाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण