भ्रामक समाचार फैलाएको भन्दै गुगलले डिलिट गर्यो २५ सय युट्युब च्यानल
सर्च इन्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल डिलिट गरेको छ । गुगलको अनुसार चीनसँग सम्बन्धित यी च्यानल भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा भ्रामक समाचार फैलाउने कोसिसमा जुटेका थिए । गुगलले यी युट्युब च्यानललाई अप्रिलदेखि जूनको बीचमा आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको छ ।
गुगलले त्रैमासिक बुलेटिनमा दियो कारवाहीको जानकारीः
गुगलले त्रैमासिक बुलेटिनमा भ्रामक अपरेशनबारे चर्चा गर्दै यी युट्युब च्यानलले सामान्य रुपमा स्पाम र गैर राजनीतिक विषयवस्तु पोस्ट गर्ने भनेता पनि ती कन्टेन्टको एउटा सानो हिस्सा राजनीतिसँग जोडिएको हुने जानकारी दियो । गुगलका अनुसार यी युट्युब च्यानलले ट्वीटरमा पनि समान भ्रामक सूचना फैलाउने गर्दथे । यसबाहेक कम्पनीले डिलिट गरेको अन्य चिनियाँ युट्युब च्यानलबारे कुनै जानकारी दिएको छैन ।
चिनियाँ दूतावासले दिएन कुनै प्रतिक्रियाः
गुगलको ताजा कारवाहीको विषयमा अमेरिकामा चिनियाँ दूतावासले कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, यसअघि बेइजिङले भ्रामक समाचार फैलाएको आरोप अस्विकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकालाई कसरी नाइँ भन्ने हामीलाई थाहा छ – इजरायली मन्त्री
-
३ वर्षमा ४ अर्ब ३३ करोडको क्रिप्टो कारोबार, साथीलाई किनिदिए ट्याक्सी
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण