मास्क नलाउने ३ लाख ९५ हजार कारवाहीमा
काठमाडौं । कोभिड–१९ को जोखिम बढ्दै गएपछि मास्कको प्रयोग नगर्नेलाई सरकारले निगरानीमा राखेको छ । सरकारको निर्देशन बेवास्ता गरेर मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३ लाख ९५ हजारलाई गृह प्रशासनले कारवाही गरेको छ ।
मास्क प्रयोग नगर्ने व्यक्तिमध्ये केहिलाई सम्झाई बुझाई छाडेर र कतिपयलाई जरिवाना समेत गरिएको गृह मन्त्रालका प्रवक्ता सह-सचिव चक्रबहादुर बुढाले प्रेश विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
शुक्रवार काठमाडौं उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मास्क नलगाई हिँड्नेप्रति निर्मम बन्ने निर्णय गरेको थियो । मास्क प्रयोग नगर्नेलाई सरकारले ठाउँको ठाउँ १ सय रुपैयाँ जारिवाना गर्ने गरेको छ । सवारी पास बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई सुरक्षाकर्मीहरुले नागढुंगा र साँगा र फर्पिङ (हुमाने भन्ज्याङ) लगायतका नाकाबाट फिर्ता गरेका छन् । लकडाउन अवधिमा अनुमतिबिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढी यात्रुलाई फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
लकडाउन उल्लंघन गर्दै बिनाकाम सडकमा निस्किएका १ लाख ३७ हजार दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई प्रहरीले सडकमै होल्ड गरेको छ । पछिल्लो पटक निर्णय गरिएको जोर बिजोर प्रणाली विपरित सवारी चलाउने ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डमा राखेर कारवाही गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण