बाजुरामा बाढीको वितण्डाः ११ घर र ३ वटा पुल बगायो, एक जना महिला बेपत्ता
बाजुरा । गत रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण बाजुरामा ठूलो क्षति भएको छ । वर्षासँगै आएको बाढीले ११ वटा घर तथा ३ वटा पुल बगाएको छ भने १ जना महिला बेपत्ता भएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रातोपाटीलाई जानकारी दिए ।
गैरेका अनुसार बाढीले बडीमालिका नगरपालिका–२ मा ११ घर बगाएको हो । एक जना महिला घरबाट निस्केको र उनलाई बाढीले बगाएको भन्ने प्रारम्भिक जानकारी आएकाले उनको खोजी भइरहेको उनले जानकारी दिए । क्षतिको पूर्ण विवरण भने आइनसकेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाजुरका डिएसपी टंकप्रसाद भट्टराईले गौमुल गाउँपालिकामा पनि धेरै क्षति भएको भन्ने जानकारी आएको बताए । उनले गोमुल गाउँपालिका–२ मा मात्रै ३ वटा पुल बगाएको र घर पनि बगाएर लगेको भन्ने जानकारी आएको बताए । क्षतिबारे यकिन विवरण प्रहरी टोली पुगेपछि मात्र थाहा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण