वेलारुसमा अनधिकृत जमघट गरेको भन्दै ३ हजार प्रदर्शनकारी पक्राउ
सोमबार, २६ साउन २०७७, १९ : ५६
एजेन्सी । बेलारूसका प्रहरीले निर्वाचनपछि भएका प्रदर्शनपछि अनधिकृत जमघटमा भाग लिएको भन्दै करिब तीन हजार मानिसहरूलाई पक्राउ गरेको पुष्टि यहाँको गृहमन्त्रालयले सोमबार बताएको छ । मन्त्रालयले पक्राउ परेका केही व्यक्तिलाई प्रहरीसँग झडप गरेपछि नियन्त्रणमा लिनुपरेको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘पक्राउ परेकामध्ये एक हजार व्यक्ति राजधानी मिन्स्क र बाँकी देशका अन्य भागमा रहेका छन् ।’
मिन्स्कमा प्रदर्शनकारीहरूले आगजनी गर्दै सडकहरूमा अवरोध खडा गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको मन्त्रालयले बताएको छ । राजधानीमा झडपमा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरू घाइते भएको बताइएको छ । तर सोमबार कसैको मृत्यु भने नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
'तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?' भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण