डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’
संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ ।
डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो महामारीसँग जुधन्का लागि उठाइएको कदममा कहिले पनि ढिलाइ नभएको स्पष्टिकरण दिएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले पत्रकार सम्मेलनमा यस हप्ता संसारभरी संक्रमितको कूल आँकडा दुई करोड पार हुने र मृतकको संख्या साढे सात लाख पुग्ने बताएका छन् ।
उनले भने, ‘यो आँकडा पछाडि एउटा ठूलो पीडा र तनाव लुकेको छ । यो महामारीका कारण गुमेको प्रत्येकको जीवन मूल्यवान छ । मलाई थाहा छ, तपाईंमध्ये धेरैजना यतिबेला पीडामा हुनुहुन्छ र संसारका लागि यो मुश्किलको समय हो । तर आशाको किरण बाँकी नै छ भनेर स्पष्ट गर्न चाहन्छु । यो महामारी नष्ट गर्न अहिले पनि ढिलाई भने भएको छैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण