जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु
तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो ।
उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।
२० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।
काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
जनकपुरधामस्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छोराहरु चिकित्सक छन् ।
उनलाई जनकपुरमै मुटु रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण