काठमाडौंको कागेश्वरी मनोहरामा १५ वर्षीया किशोरी बलात्कृत
बिहीबार, २९ साउन २०७७, १४ : ४४
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ ।
गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण