विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुनर्विचार हुने
सोमबार, ०१ भदौ २०७७, १६ : ४५
काठमाडौं । विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुर्नविचार हुने भएको छ । विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्ने भएको हो ।
सोमबार विद्युत प्राधिकरण (एनईए)को ३५औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको जानकारी दिए । यसअघि सरकारले विद्युतीय गाडीमा ९० प्रतिशत सम्म सहुलियत दिइरहेको अवस्थामा चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले कर वृद्धि गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण