शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्युठानमा आजदेखि यातायात बन्द

मङ्गलबार, ०२ भदौ २०७७, १६ : २६
मङ्गलबार, ०२ भदौ २०७७

प्युठान । प्युठानमा आज राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । 

कोरोना संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए ।  उनले भने, ‘अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वका समयमा  व्यक्तिको आवतजावत बढी हुने भएकाले यही भदौ १५ गतेसम यातायात बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप