शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कोरोना संक्रमतिको मनोबल बढाउन आयुर्वेद औषधी र स्वास्थ्यलाभको पत्र

बुधबार, ०३ भदौ २०७७, २० : ३७
बुधबार, ०३ भदौ २०७७

बुटवल । कोरोना संक्रमण  दैनिक रुपमा  बुटवलमा पनि बढिरहेको छ । जसका कारण साउन २९ गतेदेखि लकडाउन जारी छ । संक्रमण रोकथाम र संक्रमितको मनोबल बढाउन बुटवल उपमहानगरपालिकाले विभिन्न उपायहरु अबलम्बन गरिरकोे छ ।

सचेतना, सावधानी, क्वारेन्टिन, आइसोलेशन सेन्टर हुँदै भेन्टिलेटर र आइसीयुसहितका अस्पतालसम्म निर्माण गरिएका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएका छन् ।

होम आइसोलेशनमा राखिएका तिनै संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घरघरमा पुगेका छन् । स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती बोकेर आइसोलेशनमा मेयरसहितको टोली नै आएपछि संक्रमितमा घर घर पुगेका छन्।

विभिन्न परिस्थितिमा संक्रमित हुन पुगेका र स्वास्थ्य सावधानीसहित होमआइसोलेशनमा बसेहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको प्रमुख सुवेदीले बताए । बुधबार मात्रै विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका संक्रमितलाई घरमै पुगेर मेयर सुवेदीले भेटघाट गर्दै स्वास्थ्य लाभको कामना बताए ।

बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित भएका मध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन् । संक्रमित भएका उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने परिवारमा पनि परीक्षण भइरहेको छ ।

अधिकांशमा लक्षण नदेखिएको र सुरक्षा सावधानीमा रहेको उपमहानगरले जनाको छ । कहाँबाट संक्रमण सुरु भएको हो र कसरी फैलिइएको हो त्यसकोसमेत खोजी गर्दै उपमहानगरले कन्ट्रयाक्ट् ट्रेसिङ गरिरहेको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप