सप्तरीमा एक जनाको मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि

सप्तरीमा मृत्यु पछि थप एकजनामा कोरोना संक्रमणबाट पुष्टि भएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय युवकमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
केहि दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या देखिएपछि मृतकलाई मंगलवार उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजको ओपिडिमा लगिएको थियो ।
केहि समय अस्पतालको इमरजेन्सीमा भर्ना गराएर अक्सिजन पनि लगाएको थियो, तर उपचार सम्भव नभएपछि विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गरेपछि त्यहाँ नै मृत्यु भएको प्रमुख यादवले बताए ।
मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए ।
सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने प्रदेश नम्बर २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा