सप्तरीमा एक जनाको मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि
सप्तरीमा मृत्यु पछि थप एकजनामा कोरोना संक्रमणबाट पुष्टि भएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय युवकमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
केहि दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या देखिएपछि मृतकलाई मंगलवार उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजको ओपिडिमा लगिएको थियो ।
केहि समय अस्पतालको इमरजेन्सीमा भर्ना गराएर अक्सिजन पनि लगाएको थियो, तर उपचार सम्भव नभएपछि विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गरेपछि त्यहाँ नै मृत्यु भएको प्रमुख यादवले बताए ।
मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए ।
सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने प्रदेश नम्बर २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण