एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु
बिहीबार, ०४ भदौ २०७७, १३ : ३९
दाङ । चलिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका–७ भैँसाही नाका स्थायी घर भएकी ३५ वर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी बिकको गएराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे.१ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लडेकी थिइन् । कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए ।
एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण