भैरहवामा ‘तपाईंको मास्क खोई’ अभियान
बुटवल । रुपन्देहीका विभिन्न ठाउँहरुमा कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले टोलटोलमा ‘तपाईंको मास्क खाई’ अभियान चलाउन सुरु गरेको छ ।
ग्रिनसिटीले सर्वसाधारणलाई सचेत गराउने गरी मास्क लगाउनु अनिवार्य भएको भन्दै गरेको विभिन्न ठाउँमा ब्यानरिङ गरेको लायन्स डिष्ट्रिक इन्टनरनेशनल ३२५ बीटुका स्ट्रटेजिक चिफ नवराज न्यौपानेले बताए ।
ग्रिनसिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले लकडाउन भए तापनि मान्छेहरु सांझ र बिहानपख मास्क नलगाई तथाभावी हिँडिरहेको बेला उनीहरुलाई सचेत गराउने ढंगले मास्क लगाउन उत्प्रेरित गर्ने तरिकाले ब्यानरिङ गरिएको बताए ।
भैरहवाको अञ्चलपुर, ब्रमेलीटोल, लुम्बिनी रोड, मिलनचोक, मेउडिहवा, मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, जनकपथ, एअरपोर्ट, बसपार्क, बेलहिया जस्ता अलि भिडभाड हुने ३० स्थान छनौट गरेर मास्क खै भन्ने ब्यानरिङ गरिएको छ ।
दिनहुँ कोरोना संक्रमितको दर बढ्नुको मुल कारण हेलचेक्रयाईका साथ मास्क नलगाई हिँडडुल गर्ने, स्यानिटाइजर प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नु भएको जनस्वास्थ्यको पनि निष्कर्ष भएकोले सरकारी अभियानमा हातेमालो गर्ने कोशिष गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण