‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक
काठमाडौँ । कवि तथा सञ्चारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको उक्त गीतमा लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन् । गीत स्टुडियो ‘डिबी एचडी’ मा तयार गरिएको हो ।
संगीतकार राजु सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए ।
गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ ।
‘लौ न बोलिदेऊ’ गीत शिव परियार आफैँले निर्माण गरेका हुन् । गायक स्वयमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण