शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गेरुवा नदीमा एक पुरुष बेपत्ता

बिहीबार, ०४ भदौ २०७७, १८ : ५८
बिहीबार, ०४ भदौ २०७७

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका –४ गोविन्दपुरका एक व्यक्ति गेरुवा नदीमा बेपत्ता भएका छन् । नदीमा दाउरा छोप्ने क्रममा आज बिहान ११ः३० वजे गेरुवा गद्दीटोल घाटबाट ४२ वर्षीय अन्तराम चौधरी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

चौधरी नदीमा डुबेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप