कोरोनाबाट रुपन्देहीको देवदहमा एकको मृत्यु
बुटवल । रुपन्देहीको देवदहका कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । देवदह नगरपालिकाका एक व्यक्तिको बुधबार कोरोना पोजिटिभ नतिजा आएकोमा बुधबार मृत्यु भएको हो ।
देवदह नगरपालिकाका प्रमुख हिरा केसीलेका अनुसार नगरपालिकाको वडा नम्बर ३ निवासी ७० वर्षीय पुरुषको देवदह मेडिकल कलेजमा उपचनर गर्दागर्दे मृत्यु भएको छ
पहिलेबाट नै अन्य रोगको बिरामी रहेकाले परिवारले उपचार गराइरहेका ति पूरुषको आज मृत्यु भएको मेडिकल कलेजलाई उद्धित गर्ने मेयर केसीले बताए ।
मृत्यु भएका व्यक्ति लामो समयदेखि पक्षघात, सुगर, प्रेसरको बिरामी रहेका थिए । पहिले भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याइएका बिरामीलाई पीडा बढी भएपछि देवदह मेडिकल कलेजको आईसियुमा राखिएकोमा उनको मृत्यु थियो ।
उनको कोरोना रिर्पोट हिजो बुधबार पोजेटिभ आएको थियो । कोरोनाबाट ती पुरुषको मृत्यु भएपछि देवदह–३ शिसपुरलाई सिल गरिएको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण