बुटवलस्थित कोराना अस्पतालमा प्युठानका एक पुरुष मृत्यु
शुक्रबार, ०५ भदौ २०७७, ०८ : ४६
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा आज विहान कोरोनासंक्रमित पुरुषको मृत्यु भएको छ । प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले रातोपाटीलाई बताए ।
भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका ती पुरुषमा ज्वारो, खोकी आदी देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । त्यहाँ उनलाई निमोनिया भएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालमा जनाएको छ ।
उनको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको डा. थापाले बताए । हिजो नै रुपन्देहीको देवदहमा पनि एक पुरुषको कोरोना कारणले मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण