शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

शुक्रबार, ०५ भदौ २०७७, ०९ : ५०
शुक्रबार, ०५ भदौ २०७७

बुटवल । पाल्पा जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ खुनधारामा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार छहरा गाउँपालिका ६ खुनधाराकी २७ वर्षकी दिलकुमारी पुनको मृत्यु भएको हो । घटनामा स्थानीय वर्ष ५२ का झमानसिंह पुन करेन्ट लागी घाइते भएका छन् ।

युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गर्दा गर्दे दिल कुमारीको बिहान मृत्यु भएको थियो । झमान सिंहको उपचार भइरहेको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप