शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मदिरा पिएका दुई पुरुष मृत फेला

शुक्रबार, ०५ भदौ २०७७, ११ : ००
शुक्रबार, ०५ भदौ २०७७

गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रामा मदिरा सेवन गरेको प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्थले जानकारी दिए ।

उनका अनुसार इस्मा गाउँपालिकामा पनि मदिरा सेवन गर्ने अर्का पुरुष मृत फेला परेका छन् । वडा नम्बर २ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर मृत फेला परेका हुन् । उनको हृदयघातबाट मृत्यु भएको प्रहरीले बताएको छ । 

गत राति नै जिल्लाको चन्द्रकोट गाउँपालिकामा तीज गीत नाच चलिरहेको बेला दुई युवा समूहबीच कुटपीटको घटना घटेको छ । चन्द्रकोट–५ स्थित रविन पुनले मदिरा सेवन गरी १७ वर्षीय आकाश पुनलाई दाउरो प्रहार गरि गम्भीर घाइते बनाएको डिएसपी पन्थीले बताए ।

प्रहरीले कुटपिट गर्ने पुनलाइ नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप