शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एलजीको नयाँ वासिङ मेसिन नेपाली बजारमा, उच्च प्रविधिको आर्टिफिसियल इन्टेलिजेन्ससहितका यस्ता छन् विशेषता

शुक्रबार, ०५ भदौ २०७७, १३ : ४५
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौं । एल.जी.को आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ मोटर (Artificial Intelligence Direct Drive Motor) भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ । 

यस वासिङ मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउछ ।

आर्टिफिसियल इन्टेलिजेन्स वासिङ मेसिनले वीग डाटा वीथ डिप लर्निङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । यसवासिङ मेसिनमा स्टिम प्लसटीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिन बाट बचाउछ । 

Turbo WashTM 360° and 4 high Speed Spray Nozzle with Inverter pump Technology रहेको यस मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ । 

यसमा Misaligned 100% Stainless Steel Lifter छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाइजेनिक र कपडा गनाउन दिदैन । यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्र्यााच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै एलिगेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नव र वीग एलइडी डिस्प्ले रहेको छ ।  

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई  स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ । नेपालमा एल.जी.ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप