निषेधाज्ञाको प्रभावः ट्रक चालक बाटोमै अलपत्र, चाउचाउ र पानीको भर
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै ट्रक चालक काठमाडौँ र धादिङको सिमानामा अलपत्र परेका छन् । काठमाडौँ भक्तपुर, ललितपुर, जिल्लाले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् ।
अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडालगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोकेपछि अलपत्रमा परेको र सहजीकरणका लागि पहल भइरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताए ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले अलपत्र परेका मालबाहक सवारीलाई सहज बनाउन कुरा भइरहेको र निर्देशन प्राप्त हुनासाथ सहजिकरण गर्ने बताए । नौविसे–नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथको सडक दायाँबायाँमा रहेका ५ सयभन्दा बढी ट्रक पार्किङ्ग गरेर बसेका छन् । मगंलबारदेखि सामाग्री लोड गरेपछि उपत्यकाकामा बुधवारदेखि निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् ।
अलपत्र परेपछि पसल समेत बन्दका कारण चाउचाउ र बिस्कुटको भरमा चालकहरू बसिरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर वुढाले सहजिकरण गर्न पहल भइरहेको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहजीकरण गर्न काम भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण