मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कुसुमको मायामा प्रथम भए ‘घिटी घिटी’

शनिबार, ०६ भदौ २०७७, १६ : ०१
शनिबार, ०६ भदौ २०७७

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक गरिएको हो । भीम बिसीको संगीत, टीका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र बियोगी हुन् ।

प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको भिडियोमा  मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आत्महत्यापछि आफ्नो जीवन घिटी घिटी सास मात्र अड्काएको थिम उठाइएको छ । एउटा थिएटर भित्र पुरै म्युजिक भिडियो सकिएको छ ।

भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत प्रथम क्षत्रीले नै गरेका हुन् । फिल्म अभिनय, म्युजिक भिडियो मोडलिङ, निर्देशन, कोरियोग्राफीमा आफुलाई अब्बल साबित गर्दै अगाडि बढेका प्रथमको यो म्युजिक भिडियो र अभिनय दुबै प्रसंसनीय छन् ।

स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका लाइन प्रोडुसर हरि क्षत्री, भLम केसी ‘कमल’ हुन् भने निर्माता राजेन्द्र खड्का रहेका छन् । भिडियोको प्रोडक्सन कन्ट्रोलर चन्द्र शम्शेर केसी हुन् भने नवराज उप्रेतीको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप