मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

दश गायक गायिकाको एउटै गीत ‘इनफ इज इनफ’

आइतबार, ०७ भदौ २०७७, १० : ५२
आइतबार, ०७ भदौ २०७७

काठमाडौं । देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ । कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध बाहिर आउने गरैको छ । दुई तिहाइको सरकारबाट जनताको जुन अपेक्षा थियो, त्यो निराशामा परिणत भइरहेको छ ।

यस्तै बिषयमा शिव सुवेदीको शब्द तथा संगीतमा गीत ‘इनफ इज इनफ’ अर्थात् ‘अत्ति भयो अत्ति’ सार्वजनिक भएको छ । गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुलगायत दश गायक गायिकाको स्वर समेटिएको छ ।

देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि सामान्ती सोच र संस्कारमा परिवर्तन हुन नसकको आउन सकेको विषय गीतमा देवेन्द्र क्षेत्रीको डाइलग मार्फत प्रस्तुत गरिएको छ ।

गीत मार्फत वर्तमान नेपालको समय पेश गरेको गीतकार सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप