प्रिज्मा–प्रिन्सीलाई खोसाखोस गर्दै बले
मङ्गलबार, ०९ भदौ २०७७, १२ : ५२
काठमाडौं । गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ । गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, मञ्जिल बस्नेत, प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा सागर र प्रिज्माले जोडी बाँधेका छन् भने मञ्जिलसँग प्रिन्सीको जोडी देखाइएको छ ।
भद्रगोल तथा सक्किगोनीबाट चर्चामा आएका सागर लम्साल ‘बले’ र टिकटकबाट आएका मञ्जिल तथा प्रिज्मा–प्रिन्सीको भिडियो रोमान्स एकदमै राम्रो बनेको छ । राजिव समरको निर्देशन तथा करियोग्राफी रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण