नीतालाई गायनमा प्रशंसा
काठमाडौं । चलचित्र, म्युजिक भिडियो अभिनयमा सफल मानिन्छिन् अभिनेत्री नीता ढुंगाना । नीता अव गायनमा पनि परिचय बनाउने तरखरमा छिन् । जसको सुरुवात एक भजनबाट भएको छ ।
गणेश भजन उनले आफ्नै स्वरमा बाहिर ल्याएकी हुन् । गीतको भिडियो समेत बनेको छ । जसमा उनकै अभिनय देख्न सकिन्छ ।
गणेश चतुर्थीको अवसर पारेर उनले भजनको भिडियो सार्वजनिक गरेकी हुन् । जसको अहिले दिन प्रतिदिन चर्चा बढ्दै छ । रामजी लामिछानेको निर्देशन, सञ्जय लामाको छायाँंकन र बनिश शाहको सम्पादन रहेको भिडियो महंगो सेट लगाएर बनाइएको हो ।
भिडियो हेर्ने धेरैले नीताको स्वर राम्रो भएको भन्दै अगामि दिनमा पनि गायनमा लाग्न सुझाएका छन् । गीतका कारणले अहिले उनलाई मिडिया अन्तवार्ताका लागि भ्याइनभ्याइ छ ।
नीता फिल्म अभिनयको अलवा आफ्नै प्रोडक्सन हाउस दर्ता गरेर फिल्म निर्माणको तयारीमा पनि छिन् । कोरोनाको महामारी अन्त्य भएपछि फिल्म निर्माण गर्ने उनको तयारी छ । जसमा उनी अभिनेता कोशिश क्षेत्रीसँग जोडीको रुपमा देखिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण