मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडियो सार्वजनिक

बिहीबार, ११ भदौ २०७७, १७ : १०
बिहीबार, ११ भदौ २०७७

काठमाडौं । चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए... बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एन.आर क्रिएशनमार्फत उक्त भिडिओ सार्वजनिक गरिएको हो । नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको छ । 
म्युजिक एरेन्जर सञ्जिव बराईली हुन् । पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो । भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिब बि.क.को रहेको छ ।
लकडाउनकै अवधिमा यसअघि एलिजा गौतम र दुर्गेश थापा अभिनित “आधी कपाल” बोलको गीतको भिडिओपनि सर्वाधिक रुचाइएको थियो । यो गीतको भिडिओमा नायक खड्का र नायिका गौतमको जोडी जमेको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप