नागार्जुनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको कोरोना बीमा हुने
काठमाडौं । नागार्जुन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको कारोना बीमा गर्ने भएको छ । नगरपालिकाको १० वटै वडाका गरी दुई हजार जनाको एक लाख रुपियाँका दरले कोरोना बीमा गर्ने निर्णय गरेको नागार्जुन नगरपालिकाले जनाएको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने सबै नागरिकलाई एक लाख रुपियाँको कोरोना बीमा गर्न लागिएको नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुुर बस्नेतले जानकारी दिए । उनले भने– ‘कोरोनाबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालाबलिका र शारीरिक रूपमा अशक्त भएका व्यक्ति पीडित बन्दै गएकाले उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले एक लाख रुपियाँको कोरोना बीमा गर्न लागिएको हो ।’
बीमा कार्यान्वयन प्रक्रिया तत्काल अगाडि नगरपालिकाले जनाएको छ । इचङ्गुमा सरकारले ४ सय बेडको आइसोलेशन सेन्टर निर्माण गर्न लागेकाले हो । आइसोलेशन सेन्टरका लागि स्वास्थ्य पूर्वाधार, खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई आवश्यक सेवा सुविधा पूरा गरेर मात्र आइसोलेशन सञ्चालन गर्न सरकार समक्ष नगरपालिकाले माग गरेको छ ।
बिहिवार नगर प्रमुख बस्नेतको अध्यक्षतामा संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, केशव पोखरेल, प्रकाश श्रेष्ठ, नगर उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशाकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षलगायतका उपस्थितिमा सो निर्णय गरेको हो । सामाजिक सुरक्षा प्राप्त गर्ने सबै नागरिकलाई कोरोना बीमा गर्ने नागार्जुन नगरपालिका ७५३ स्थानीय तहमध्ये पहिलो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण