सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १२ भदौ २०७७, १९ : १७

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल ३६, जिल्ला अस्पताल डोटीबाट गरिएको परीक्षणमा ९ गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा कैलालीका १९, कञ्चनपुरका १७, डोटीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म ४ हजार ८२६ जना कोरोना जितेर घर गईसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । आजै मात्र डोटीका ३१, कञ्चनपुरका ४, गरी ३५ जना कोरोना जितेर घर गएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन