सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १२ भदौ २०७७, १९ : १७
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल ३६, जिल्ला अस्पताल डोटीबाट गरिएको परीक्षणमा ९ गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा कैलालीका १९, कञ्चनपुरका १७, डोटीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म ४ हजार ८२६ जना कोरोना जितेर घर गईसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । आजै मात्र डोटीका ३१, कञ्चनपुरका ४, गरी ३५ जना कोरोना जितेर घर गएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण