रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न
आइतबार, १४ भदौ २०७७, १३ : ३५
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको छ ।
कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुको ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् ।
सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई आजको मितिमा १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३ शेयरधनी कायम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण