बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न

आइतबार, १४ भदौ २०७७, १३ : ३५
आइतबार, १४ भदौ २०७७

काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको  रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको छ । 

कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुको ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् । 

सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई आजको मितिमा १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३  शेयरधनी कायम भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप