म्युजिक भिडियोमा व्यस्त बन्दै एलिजा
काठमाडौं । अभिनेत्री, मोडल हुन् एलिजा गौतम । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी गौतम अभिनेत्री र मोडल भन्दा पनि बढी पत्रकार ऋषि धमलाकी पत्नी भनेर चिनिने गर्छिन् । पछिल्लो समय भने गौतम म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन् । लकडाउन केही खुकुलो भएको समयमा मात्र उनले ४ वटा म्युजिक भिडियो गरेकी छन् ।
जसमा अहिलेका चर्चित मोडल दुर्गेश थापा, पल शाह, पुष्प खड्कासँग उनले जोडी बाँधेकी छन् । फिल्म ‘अनुराग’ अभिनयमा खासै चर्चा पाउन नसकेकी उनले म्युजिक भिडियो अभिनयमा भने राम्रो चर्चा पाइरहेकी छन् । त्यसैले पनि होला म्युजिक भिडियोमा उनको माग बढ्दो छ । उनी अभिनित पहिलो म्युजिक भिडियो ‘आधी कपाल’ यूट्युबमा हिट भएसँगै उनको भिडियोमा माग बढेको हो ।
एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘म सास बन्न पाए’ केही दिन अगाडि सार्वजनिक भएको थियो । आकाश श्रेष्ठसँग उनले भिडियोमा जोडी बाँधेकी थिइन् । फिल्मभन्दा आफुलाई म्यूजिक भिडियो फापेको एलिजा स्वयम् बताउँछिन् ।
आगामी दिनमा फिल्म तथा म्युजिक भिडियो दुबैमा अभिनय गर्ने सोच रहेकी एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘आटो पिठो’ सोमबार सार्वजनिक हुँदैछ । जसमा उनले अभिनेता पल शाहसँग रोमान्स गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण