बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

आइतबार, १४ भदौ २०७७, २२ : ३७
आइतबार, १४ भदौ २०७७

काठमाडौं । आइतबार बिहान कालिकोटको नाग्माबजारमा गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयले एक शोक वक्तव्य जारी गर्दै सो पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको हो ।

मुख्यमन्त्री शाहीले उक्त प्राकृतिक विपद्मा परी निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । वक्तव्यमा पहिरोको खबर पाउनेवित्तिक्कै मुख्यमन्त्रीबाट उद्धार, खोजीकार्य एवम् घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत भइसकेको जनाइएको छ ।

विपदको बेलामा हातेमालोको आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहीले घटना घट्ने वित्तिक्कै उद्धार तथा उपचारको कार्यलाई प्रभावकारी बनाउन, जोखिमयुक्त क्षेत्रबाट अस्थायी रुपमा बसोबास सार्न, जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरु गर्न प्रदेश सरकार निकायहरु, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवम् सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप