मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
काठमाडौं । आइतबार बिहान कालिकोटको नाग्माबजारमा गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयले एक शोक वक्तव्य जारी गर्दै सो पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको हो ।
मुख्यमन्त्री शाहीले उक्त प्राकृतिक विपद्मा परी निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । वक्तव्यमा पहिरोको खबर पाउनेवित्तिक्कै मुख्यमन्त्रीबाट उद्धार, खोजीकार्य एवम् घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत भइसकेको जनाइएको छ ।
विपदको बेलामा हातेमालोको आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहीले घटना घट्ने वित्तिक्कै उद्धार तथा उपचारको कार्यलाई प्रभावकारी बनाउन, जोखिमयुक्त क्षेत्रबाट अस्थायी रुपमा बसोबास सार्न, जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरु गर्न प्रदेश सरकार निकायहरु, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवम् सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण