बेलारुसमा राष्ट्रपतिविरुद्ध विशाल प्रदर्शन
एजेन्सी । बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोको विरुद्धमा विशाल प्रदर्शन भएको छ । आइतबार हजारौं मानिसले उनीविरुद्ध सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अवस्था तनावपूर्ण भएको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायर लगायतका धेरै महत्वपूर्ण स्थानहरु ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ ।
प्रदर्शनका क्रममा आइतबार १२५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको त्यहाँको आन्तारिक मामिला मन्त्रालयले जानकारी दिएको छ । प्रहरीका अगाडि प्रदर्शनकारीहरुले जथाभावी नाराहरु लगाएका थिए । बेलारुसमा अगष्ट ९ मा सम्पन्न निर्वाचनपछि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पद त्याग्न आग्रह गरिरहेका छन् ।
लुकाशेन्को विगत २५ वर्षदेखि सत्तामा रहेका छन् । उनले भने निर्वाचनमा कुनै धाँधली नभएको दाबी गर्दै आएका छन् । उनले आफुलेका पद त्याग्नुपर्ने कुनै कारण नभएको अडान लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण