मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सम्बन्धको मन्त्र जेजस्ट म्युजिकको गीत ‘लव यु टि दुजा सरी’ रिलिज

मङ्गलबार, १६ भदौ २०७७, १६ : ५२
मङ्गलबार, १६ भदौ २०७७

मुम्बई । हालै सुन्दर टीजरले रिलिज गरेको जेजस्ट म्युजिकले बहुप्रतिक्षित गीत ‘लव यु टि दुजा सरी’ रिलिज गरेको छ । गीतको सुर, लोकेसन, डान्स र शब्दले सबैको मन जितेको छ । जेजस्ट म्युजिकले आफ्नो सामाजिक सञ्जालबाट यो गीत बाहिर ल्याएको हो । 

गीतको सुरुवात एक केटाको साथमा हुन्छ । जो डेटमा केही ढिलो पुग्छ र यहि कारणले उसकी ग्रलफ्रेण्ड रिसाउने गर्दछिन् । गीत अगाडि बढ्दै जाँदा एक नाताको विभिन्न उतारचढाव देखाइएको छ । जसमा देखाइएको छ कसरी एक मिनेटमा समस्याको हल निकाल्न सकिन्छ । यो गीत निश्चित रुपमा परफेट नाताको मन्त्र हो । जसलाई हामीले कहिलै भुल्न नहुने बताइएको छ ।

आयुष तलनियाको स्वर तथा बु उल्लुमिनातीको संगीत रहेको गीत अनुपकुमारले प्रस्तुत गरेका हुन् ।  जेजस्टका मालिक तथा अभिनेता निर्माता ज्याकी भगनानीले यो परफेट प्रेम मन्त्र अगाडि कृष्ण महामन्त्र जारी गरेका थिए । यो गीत धेरैले मन पराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप