रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु
काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको राथजात्राको साइत यसपछि नरहेको भन्दै आज रथजात्रा निकालेका हुन् । रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो ।
‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन शुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ । तर यसवर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन । तर पनि साउन १० गते नागपञ्चमीको दिन दिउँसो १२ बजेको शुभसाइतमा रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो ।
रथमा विराजमान गराइएको चार दिनपछि रथजात्रा शुरु गर्नुपर्छ । तर कोभिड १९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो । जात्रा नभएपछि स्थानीयले दैनिक रथ बिराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण