पोखरा महानगरका ३ वडाका टोल राती १२ बजेदेखि सिल हुने
पोखरा । पोखरा महानगरका ३ वटा वडाका विभिन्न स्थल सिल हुने भएको छ । शुक्रबार तीनै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै राती १२ बजेदेखि नै लागू हुने गरि एक हप्तासम्मको लागि वडाका विभिन्न टोलहरु सिल गर्ने घोषणा गरेको हो । सूचनाअनुसार वडा नम्बर १०, १२ र १३ अन्र्तगतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल ढिकालेथर हुँदै कुँडहर चोक मीपाँपाटनसम्मका सबै क्षेत्र । यसैगरी लालीगुराँस मिनीमार्ग प्रगतीटोल, बिपी मार्ग ‘क’ र ‘ख’ हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र माछापोखरीदेखि संगमटोल मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल हुने भएको हो ।
पोखरा उद्योगिक क्षेत्रभित्र कार्यरत २७ जनालाई बिहीबार कोरोना पुष्टि भएको थियो । औद्योगिक क्षेत्रको एक बिस्कुट कम्पनीमा कार्यरत मजदुरलाई एकै दिन कोरोना कोरोना पुष्टि भएको यो पहिलो रेकर्ड पनि हो । कोरोना पुष्टि भएका २७ जना मजदूर १०, १२ र १३ मा बसोबास गर्दै आएका थिए । तीनै वटा वडाको सीमाना जोडिएको र एकै दिनमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि वडाका टोलहरु सिल गरिएको वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।
‘हिजो औद्योगिक क्षेत्रमा कार्यरत २७ जना मजदूरमा कोरोना पुष्टि भयो,’ उनले भने, ‘संक्रमित मजदुरहरु बस्ने टोल पनि जोडिएको हुनाले वडा सिल गर्ने निर्णय लिएका हौं ।’ वडाले महानगर कोरोना रोकथाम तथा नियन्त्रण समितिमा सिल गर्न सिफारिस गरेपछि महानगरले जिल्ला संकट व्यवस्थापन केन्द्रले सदर गरेको थियो ।
वडाध्यक्ष लामाले समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि टोल सिल गर्न बाध्य भएको बताए । ‘वडा सिल गरेर कन्ट्याक्ट ट्रेसिङको कामलाई अघि बढाउँछौं,’ उनले भने । अहिले संक्रमित मजुदरलाई कार्यरत कम्पनीले नै आइसोलेसनमा राखेको छ ।
सिल अवधिभर अत्यावश्यक क्षेत्रका सबै सेवा खुले पनि सुरक्षा संयन्त्र कडा पारिने उनले बताए । यो अवधिमा स्वास्थ्य जन्य सबै सेवा खुला रहने छन् । खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने छ । यसैगरी एम्बुलेन्स र अति आवश्यक क्षेत्र खुल्ने छन् ।
अत्यावश्यक सेवा लिन तोकिएका सुरक्षाका सबै मापदण्ड पालना गरिनुपर्ने छ । वडाध्यक्ष लामाले वडावासीलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । यसअघि ४ महिना लामो लकडाउनपछि जिल्ला प्रशासन कास्कीले भदौ २ गतदेखि १२ गतेसम्म २ हप्ता लामो निषेधाज्ञा जारी गरेको थियो । २ हप्ता लामो निषेधाज्ञापछि जिल्ला संकट व्यवस्थापन केन्द्रले २० गतेसम्मको लागि निषेधाज्ञा खुकुलो पार्ने र अवस्था हेरि पुन निषेधाज्ञाको म्याद थप्ने बताएको थियो । संकट व्यवस्थापन केन्द्रको अघिल्लो निर्णयको म्याद सकिन १ दिन बाँकी हुँदा पूरानै अवस्थाको निषेधाज्ञा थप एक हप्ता कायम राख्ने निर्णय लिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी श्रीनाथ पौडेलले महानगरको सिफारिसमा वडा नम्बर १०, १२ र १३ का टोलहरु सिल गर्ने प्रस्ताव सदर गरिएको बताए । कास्कीमा शुक्रबार मात्रै १७ संक्रमित थपिएका छन् । कास्कीमा १७८ वटा सक्रिय केस छन् । संक्रमितको दर दिनहुँ बढ्दो छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले यहीं अवस्थाको निषेधाज्ञा अझैं एक हप्ता कायम रहने बताए । २६ गते राती १२ बजेसम्म तीन वडाका टोलहरु सिल गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण