पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारद्वारा राजीनामा
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् ।
उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल ट्वीटरबाट बिहीबार नै दिएका छन् । प्रधानमन्त्री खानको विषेश सहयोगीका रुपमा आफूले गर्दै आइरहेको कामबाट आफू अलग भएको उनले स्पष्ट पारेका छन् ।
पूर्व प्रमुख सैन्य प्रवक्ता समेत भइसकेका बाज्वाले चीन पाकिस्तान आर्थिक करिडोर प्राधिकरणको अध्यक्षका रुपमा भने आफूले काम गरिरहने जानकारी दिए । उनले सो परियोजना प्रधानमन्त्री खानको अत्यन्त प्राथमिकतामा रहेको र देशको भविश्यलाई नै उज्ज्वल बनाउने किसिमको भएकाले पनि आफूले काम गरिरहने बताए ।
“मलाई विश्वास छ की, प्रधानमन्त्रीले मलाई प्राधिकरणको काममा पुरै केन्द्रित भएर काम गर्न अनुमति दिनुहुने छ,” उनले भनेका छन् । देशको अहिलेको मुख्य आवश्यकता पनि करिडोर नै भएकाले आफूले सवै शक्ति करिडोरका लागि लगाउने उनले जानकारी दिएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षामा श्रम मन्त्रालयको चासो
-
कपनबाट कटुवा पेस्तोलसहित युवक पक्राउ
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने