पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारद्वारा राजीनामा
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् ।
उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल ट्वीटरबाट बिहीबार नै दिएका छन् । प्रधानमन्त्री खानको विषेश सहयोगीका रुपमा आफूले गर्दै आइरहेको कामबाट आफू अलग भएको उनले स्पष्ट पारेका छन् ।
पूर्व प्रमुख सैन्य प्रवक्ता समेत भइसकेका बाज्वाले चीन पाकिस्तान आर्थिक करिडोर प्राधिकरणको अध्यक्षका रुपमा भने आफूले काम गरिरहने जानकारी दिए । उनले सो परियोजना प्रधानमन्त्री खानको अत्यन्त प्राथमिकतामा रहेको र देशको भविश्यलाई नै उज्ज्वल बनाउने किसिमको भएकाले पनि आफूले काम गरिरहने बताए ।
“मलाई विश्वास छ की, प्रधानमन्त्रीले मलाई प्राधिकरणको काममा पुरै केन्द्रित भएर काम गर्न अनुमति दिनुहुने छ,” उनले भनेका छन् । देशको अहिलेको मुख्य आवश्यकता पनि करिडोर नै भएकाले आफूले सवै शक्ति करिडोरका लागि लगाउने उनले जानकारी दिएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण