विश्वभरका इलामेली कविहरुको भर्चुअल जमघट

पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपाललगायत भारत, अमेरिका, क्यानडा, हङकङ, दुबई, कोरिया, बेल्जियम आदि देशहरुमा रहेका चार दर्जन बढी इलामेली स्रष्टाहरुले हिजो २०७७ भदौ २० गते भर्चुअल प्रविधिमार्फत कविता वाचन गरेका थिए ।
विश्वका विभिन्न देशहरुमा रहेका इलामेली समाजहरुको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको संयोजन इलाम विकास समाज काठमाडौंले गरेको थियो । कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै समाजको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा इलाम समाज प्रदेश न. १ का अध्यक्ष कृष्ण शाहले धन्यवाद ज्ञापन गर्दै ग्लोबल मिट कार्यक्रमबारे बताएका थिए । यसैगरी सोही समाजका सचिव अर्जुन भट्टराई र सदस्य पुष्पा खनालले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा धरणीप्रसाद गौतम, डम्बर पहाडी, प्राज्ञ नन्दु उप्रेती, दीपक गौतम, देवी पन्थी, गणेश पराजुली, विजेन्द्र गुरुङ, प्रकाश थाम्सुवाङ, डा. चूडामणि खनाल, रविन्द्र भट्टराई, ईश्वर श्रेष्ठ, टिका आत्रेय, सचित राई, द्रोण पराजुली, गङ्गा बस्नेत, शोभा घिमिरे, बालकुमारी घिमिरे, डा. सन्जिव सापकोटा, सागर सुवेदी, अशोक वान्तवा, सुलोचना कर्माचार्य, सागर सुवेदी, मुकुल कायस्त, प्रेमसागर चापागाईं, यादवप्रसाद अधिकारी, शकुन्तला भूषाल, आदिले आआफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रममा समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुवेदी, मोहनभक्त राजलवट, प्रदीप घिमिरे, वसन्त खान, वसन्त वान्तवा, रविन लामा, जानकी प्रधान, अन्जना दुवे, जनक सिह, मोहन सुवेदी, गङगाप्रसाद श्रेष्ठ, तिलोत्तमा खत्री, यशोदा कायस्त, जितेन्द्र बस्नेत, सकुन खत्री आदिको उपस्थिति रहेको थियो भने कार्यक्रम ३ घन्टा बढी चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२१ प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन चेतावनी
-
जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आव्हान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)