आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन

शनिबार, १० जेठ २०८२, २१ : २३
शनिबार, १० जेठ २०८२

खोटाङ । खोटाङको सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ ।

कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गरेका हुन् । 

खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने उक्त सडक पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गरेको हो भने प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको हो ।

निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्कामा लिएको थियो । पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको छ । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१.४० मिटर लामो उक्त पुलको चौडाइ ८.४० मिटर रहेको छ भने दुवैतर्फ फुटपाथको चौडाइ १.२० मिटर रहेको छ । 

पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुपेन्द्र राईले अधुरा योजनाहरू जहिले पनि चुनावी मुद्दा बन्न नहुने बताए । ‘अब ठूला–ठुला नयाँ आयोजना बनाउने मुद्दा बन्नुपर्छ । जहिल्यै बन्न नसकेका विकास निर्माणका आयोजनाहरु चुनावी मुद्दा बन्नु हुँदैन,’ उनले भने ।

चुनावका वेलामा आएको विकासको बाढी अरु वेला आयो कि आएन भनेर जनताले सोध्नुपर्ने उनले बताए । 

Pull (1)Pull (3)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप