खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन
खोटाङ । खोटाङको सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ ।
कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गरेका हुन् ।
खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने उक्त सडक पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गरेको हो भने प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको हो ।
निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्कामा लिएको थियो । पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको छ । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१.४० मिटर लामो उक्त पुलको चौडाइ ८.४० मिटर रहेको छ भने दुवैतर्फ फुटपाथको चौडाइ १.२० मिटर रहेको छ ।
पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुपेन्द्र राईले अधुरा योजनाहरू जहिले पनि चुनावी मुद्दा बन्न नहुने बताए । ‘अब ठूला–ठुला नयाँ आयोजना बनाउने मुद्दा बन्नुपर्छ । जहिल्यै बन्न नसकेका विकास निर्माणका आयोजनाहरु चुनावी मुद्दा बन्नु हुँदैन,’ उनले भने ।
चुनावका वेलामा आएको विकासको बाढी अरु वेला आयो कि आएन भनेर जनताले सोध्नुपर्ने उनले बताए ।
_edmMkOb5Ei.jpg)
_06Xn7wIG0d.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण